Wednesday, February 1, 2012

जागीर खेती

अमेरिकामा पढिसकेपछि काम कसरी खोज्ने? “ब्लू कलरअथवा सामान्य शारीरिक श्रम गर्ने हो भने खोज्न गार्हो छैन: ग्यास स्टेशन, पसल, रेस्टुरेंट, सबै तिर गएर म्यानेजरलाई भेट्ने, भ्याकेंसी कि भनेर सोध्ने, एप्लीकेसन फारम भने भर्ने, र फलो-अप को लागी गईराख्ने. नेपालमा बाटोबाटोमा हिंड्दै काम खोज्ने बानी नहुने हुंदा सुरु सुरुमा अचम्मै लाग्छ, तर बिस्तारै बानी पर्छ. आफुले चिनेको, काम मिलाईदिने मान्छे भने भैहाल्यो, नत्र अमेरिकामा पढ्ने वा नपढी बस्ने कतिपय व्यक्तिहरू यस्तै तरिकाले नै काम पाऊँछन

काम खोज्दा प्रायजसो नेपालीको रोजाईमा अमेरिकी नभई विदेशी व्यवसायी पर्छन, किनकी विदेशीहरू गैर कानूनी व्यक्तिहरूलाई पनि काम दिन तयार हुन्छन्. गैर कानूनी अर्थात विध्यार्थी वा डिपेंडेंट भिसामा आई काम गर्ने अनुमति नभएका, अथवा भिसाको अवधी सकिएर पूर्णतया गैर कानूनी जीवन बिताइरहेका व्यक्तिहरू. यस्ता व्यक्तिहरूले कुनै अमेरिकी व्यवसयीसंग काम पाईहाले भने सामान्यतया झुटा कागजपत्र बुझाउने, फोटोशप गरेर सक्कली झैं नया कागजपत्र बनाउने त्यसको फोटोकपी मात्र बुझाउने गर्दछ्न. तर गैर कानूनी काम गर्नुमा खतरा पक्कै , साथै घण्टाको हिसाबले थोरै पैसा पाईने, शारीरिक श्रम गर्नु पर्ने, प्रायजसो हेल्थ इन्सुरेंस अरु सुविधाहरु नहुने हुनाले पढाई सकेपछि विध्यार्थीहरु  आफ्नो पढाई अनुसारकै काम रुचाउछ्न.

पढाई अनुसारको काम खोज्ने पनि धेरै तरीका छन. फेरी पनि , चिनेको काम मिलाईदिने मान्छे भए सबैभन्दा सजिलो. नत्र इन्टरनेट मा भ्याकेंसीहरु हेरी अप्लाई गर्नु अर्को विकल्प हो. यो तरीका बाट काम पाउन भने गार्हो , किनकी अक्सर अप्लाई गरेको ठाऊँबाट अंतर्वार्ताको लागी कल आऊँदैन. यसरी आफै काम खोज्दा खोज्दा वाक्क भएका धेरै विध्यार्थीहरु कंसल्टेंसी तिर मोडिन्छ्न . नेपालमा वैदेशिक शिक्षाका कंसल्टेंसी छाप्छाप्ती भएझैं अमेरिकामा रोजगारीका कंसल्टेंसी च्याउ झैं पलाएका छन . कंप्यूटर इंजिनियर , सफ्टवेर डेवेलपमेंट जस्ता बजारमा चलेका विषयमा काम खोजिदिन सजीलै कंसल्टेंसी भेटीन्छ्न . काम नपाउन्जेल कंसल्टेंसीले खान-बस्न सबै सित्तैमा दिने वाचा गर्छन , दिन्छ्न पनि. तर काम पाएपछि भने कंसल्टेंसीले तलबको ३० देखि ४० प्रतिशत सम्म कमिसन लिन्छ्न.

भर्खर कलेज पास गरेका फ्रेशर लाई काम दिलाउन इनिहरुका अनेक स्ट्राटेजी छन . विध्यार्थीको रेज्यूमेको पूर्ण मेकओवर हुन्छ , नाम फोन नंबर बाहेक सबै कुरा बदलिन्छ. कहिल्यै काम नगरेको वा एक दुई वर्ष काम गरेका विध्यार्थीको खातामा - वर्षको अनुभव राखिन्छ. कैयौं पटक अनुभवको विषय विध्यार्थी आफैलाई थाहा हुदैन. यी विषयमा कंसलटेंसिले विध्यार्थिलाई ट्रेनिंग पक्कै दिन्छ (प्रायश: अनलाइन ट्रेनिंग) , तर वर्ष को अनुभव संग फरक भने परि नै हाल्छ.
यी नक्कली रेज्यूमेहरु कंसलटेंसिले धेरै कम्पनीहरुलाई बांडछन . कंपनीका ह्युमन रिसोर्सेज़ डिपार्टमेंटलाई विध्यार्थीको रेज्यूमे मन पर्यो भने उनीहरूले फोन पनि गर्छन. प्रायाजसो अन्तर्वार्ता फोन मै हुने गर्दछ, तर कल भने सम्बंधित व्यक्तिले लिदैन . यसै प्रयोजनका लागी भनेर कंसलटेंसिमा काम गरिरहेका निकै अनुभवी व्यक्तिहरूले कल लिने गर्दछ्न. अनुभवी व्यक्तिको अन्तरवार्ता मन पर्यो भने उनीहरूले फ्रेशर विध्यार्थिलाई हायर पनि गर्छन. सफ्टवेरको दुनियामा यस्तोप्रोक्सीअन्तर्वार्ता दिन सक्ने महिलाहरु भने  तुलनात्मक रुपमा थोरै छन, त्यसैले महिलाहरुलाई लिन कंसल्टेंसी हिच्किचाऊंछ

शुरू शुरू मा छक्क परें. यसरी पनि काम पाइन्छ ? तर बिस्तारै बिस्तारै बानी पर्दै गयो . कसैले थाहा पाउदैन ? भने जस्तो पनि लाग्थ्यो, कंसल्टेंसीम़ा लामो समय बिताईसकेपछि बिस्तारै यो प्रश्नको पनि उत्तर पाउदैछुवर्जिनिया बाट आज साथीको फोन यो फिर्ता आउन लागेउसले निरास भएर भन्योकाम थालेको दुई महिना सम्म पनि मैले केहि गरिन, त्यसैले फायर भएअस्तिको महिना पनि अर्को साथीले काम छोड्यो. भन्दै थियो:त्यहाँ मेरो आवाज़ मा शंका गरे, ब्याक-ग्राउंड चेकिंग धेरै डिटेल मा गर्न थाले , डर लागेर राजीनामा दिएर आएँ”. कंसल्टेंसी ले यस्ता साना तिना कुरालाई हल्का रुपमा लिन्छ, यस्ता असफलता भन्दा सफलताका कहानीहरू नै धेरै छन.

व्यवसाय सफल भएरै होला, काम पाउनु भन्दा अगाडी विध्यार्थीको खाने बस्ने खर्च कंसल्टेंसीले नै व्यहोर्छ. सामान्य रुपमा हेर्दा विध्यार्थी कंसल्टेंसी दुबैलाई फाइदा हुने सम्बन्ध जस्तो देखिन्छ, तर कुनै उपाय बिना कहिले कंसल्टेंसी मै झुंडीएर विध्यार्थीको महिनौ समय बर्बाद हुन्छ भने कहिले चाहि काम पाएपछि पनि डरै डरमा जिंदगी बित्छ. बेला बेला मा झन सिंगै कंसल्टेंसी नै पक्राऊ परेर बंद हुन्छ. तर अमेरिका आइसकेपछि यतै काम गरौं भन्ने इच्छा भएका विध्यार्थिहरू सजिलै घर फर्किन भने चाहदैनन. एकातिर  विध्यार्थिको भविष्य डावाडोल भने अर्कोतिर विध्यार्थिको सपना को व्यापर गरेर गैर कानूनी व्यवसाय फस्टाऊदो  . विदेशमै जिन्दगी बिताउने इच्छाले जबसम्म विध्यार्थिको पलायन भई रहन्छन, तब  सम्म यस्ता गैर कानूनी  व्यवसयाहरू शायद फस्टाई नै रहनेछ.